आकृतिको बलात्कार गरि हत्याको आरोपमा एक युवा पक्राउ

खबर पूर्वाञ्चल, ६ चैत्र २०७६, बिहीबार २१:३२

इलाम / इलामको सूर्योदय नगरपालिका–१३ की आकृति राईको बलात्कार गरि हत्याको आरोपमा एक जनालाइ पक्राउ गरिएको छ ।

आकृतीको हत्याको आरोपमा छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । गत मंगलबार कक्षा ११ को जाँच लेख्न विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएका इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिए ।

आकृतिको हत्या गरी माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा अधययनर रहेकाी थिइन् । मंगलबार बिहान घरबाट परीक्षा दिन भनी हिँडेकी आकृती विद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो ।
खोजतलास गर्दै जाँदै आकृतीको शव बुधबार दिउँसो अम्लिसो(अम्रिसो) बारीमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शवलाई थप परीक्षणका लागि बिपी स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको थियो ।

प्रहरीसामु रोशनले बलात्कारको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा हानेर हत्या गरेको र आफ्नै गाई बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर गाडेको रोशनको बयान उद्धृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५