विराटनगर। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको आठौँ राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।
विश्वभर फैलिररहेको कोरोना भाइरस (कोभिड १९ ) को तीव्र प्रभाव, असर र नेपालमा सम्भावित खतरा प्रति चिन्तन गर्दै अधिवेशन स्थगित गरिएको विज्ञप्तिमा जनाईएको छ । यसअघि अधिवेशन यहि चैत २०, २१ र २२ गते प्रदेश १ को राजधानि विराटनगरमा हुने तय भएको थियो ।
परिषद्ले अव कोरोना भाईरसको प्रभाव प्रति सचेत रहदैँ समाजमा त्रास र भयको वातावरणलाई न्युनीकरण गर्ने वताएको छ । साथै देशैभरका कार्यकर्तालाई सचेतनाका लागि आह्वान समेत गरेको छ ।
तपाईको प्रतिक्रिया