विराटनगर / विराटनगरका ३ उदयमान पत्रकार भारतमा सम्मानित हुने भएका छन् ।
आशियाना ईन्टरेशनल जर्नलिस्ट काउन्सिलले उनीहरुलाई सम्मान गर्ने भएको हो ।
सम्मानित हुनेमा शिवम मिश्र , राकेश कर्ण र उषा सरदार रहेका छन । मिश्र जेनवान न्युज डटकमका सञ्चालक
तथा प्रकाशक हुन भने कर्ण हिमशिखर टेलिभिजनका संवाददाता र सरदार मकालु टेलिभिजनमा कार्यरत छिन् ।
आगामी वैशाख ५ गते भारतको सुपौलस्थित गान्धी मैदानमा हुन गईरहेको एक कार्यक्रमकाबिच उनीहरुलाई “ईन्टरनेशनल जर्नालिष्ट एक्सलेन्स अवार्ड” बाट सम्मानित गरिने जर्नालिष्ट काउन्सिलका अध्यक्ष राजेशकुमार शर्माले बताए । उनले सञ्चार क्षेत्रको माध्यमबाट लागुऔषध र दाईजोप्रथा जस्ता विकृति विसङगतिको विपक्षमा कलम चलाउँदै भारतीय र नेपाली सञ्चारमाध्यमबिचको सम्बन्ध अझ प्रगाढ बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकाले उनीहरुलाई सम्मान गर्न लागिएको जानकारी समेत शर्माले दिए ।
तपाईको प्रतिक्रिया