AArya
RUMPUM
animated ellipse animated ellipse

अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन सरकारको आह्वान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ चैत्र २०७६, बुधबार २०:४४
3
Shares

काठमाडौं / सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिनका लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

बैठकले आगामी अप्रिल ३० सम्मका लागि सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, डान्सबार, क्लब, म्युजियम, जिम, पौडी पोखरी र अन्य मरोरञ्जनस्थल पनि बन्द गर्ने निर्णय समितिले गरेको छ । समितिले कुनै पनि सार्वजनिक स्थानमा २५ जना भन्दा धेरै जम्मा नहुने गरी नियम लागू गर्ने भएको छ । पार्टी प्यालेस, मन्दिर, गुम्बा, मस्जिद र चर्च जस्ता धार्मिक र सार्वजनिकस्थलहरुमा उक्त संख्या भन्दा धेरै मान्छे जम्मा हुन नदिन गृह मन्त्रालयसहितलाई अनुगमनको जिम्मेवारी दिइएको छ ।

सार्वजनिक यातायातका सवारी धनीलाई पनि यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई डिसइन्फेक्सन गर्न लगाउन भनिएको छ ।

त्यसैगरी सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु,इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई चैत ७ गते देखि बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरु संगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो ।

यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टायनमा बस्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फक्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो ।

नेपाल सरकारद्धारा ट्राभल एडभाईजरी जारी गरेको अवधिमा उडानको यात्रा स्थगन गर्दा र मिति परिर्वतन गर्दाको शुल्क नलाग्ने गरि व्यवस्था गर्न वायु सेवा कम्पनीहरुलाई निर्देशन पनि गरिएको छ ।

बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठन पाठन २०७६ चैत मसान्त सम्मका लागि बन्द गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर