कोरोना भाइरसबाट जोगिन सचेतना

खबर पूर्वाञ्चल, ५ चैत्र २०७६, बुधबार १९:५४

विराटनगर / विश्वभरी फैलिएको कोरोना भाइसको संक्रमणबाट जोगिन सचेतना मुलक कार्यक्रम सुरू भएको छ ।

विराटनगर– ३ स्थित पोखरीया माविमा आज अभिभावहरूलाई कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना मुलक कार्यक्रम दिइएको हो ।

स्कूलका अध्ययरत विद्यार्थीहरूका अभिभावकहरूलाई बोलाएर पोखरीया स्कूलमा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको स्कूलका प्रधानध्यापक खेम भट्टराईले जानकारी दिए । विद्यार्थीहरूले स्वास्थ्य सचेतना गराएपछि अभिभावकहरूलाई पनि गराएको हो । अभिभावक र विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना नर्स प्रतिभा बजगाईँ गराउँदै आएकी छिन् । उनले कोरोना भाइसको संक्रमण कसरी जोगिने भन्ने बारेमा अभिभावक र विद्यार्थीहरूलाई जानकारी दिएकी थिइन् ।

प्रदेश सरकारले एक स्कूल एक नर्स कार्यक्रम संचालन गरेपछि गत वर्षको चैत १ गतेदेखि उनले पोखरीया स्कूलका विद्यार्थीहरूको नर्स बजगाईले विद्यार्थीहरूको स्वास्थ्य जाँच गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५