विराटनगर/ खोटाङ,मोरङ र झापाका तीन स्थानमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।
खोटाङ हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझिको घरबाट अचानक आगलागी हुँदा उनका छिमेकी सिता माझि र झनबहादुर थापा समेतको घरमा आगो फैलिन गई तीनै घरमा आगलागी हुँदा घर, सुनका गहरगना तथा अन्य सरससामान जलि नष्ट हुँदा १७ लाख ३५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यसै गरी मोरङ बुढीगंगा १ पुष्पलाल चोक बस्ने भवनाथ धमलाको घरमा किराना पसल समेत रहेको एक कोठामा बिजुलीको लाईन सट भई आगलागी हुँदा पसलको सामानहरु जलि नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै झापा कमल गाउँपालिका ५ बस्ने धनबहादुर बिकको घरबाट बिजुली सर्ट भई आगलागी हुँदा छिमेकी सन्तोष बिक र सुजन बिक समेतको घरमा आगो फैलिएर तीनै घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईको प्रतिक्रिया