उर्लाबारी / उर्लाबारी ८ आम्वारीमा आज साँझ आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
्स्थानिय पवित्रा सुव्वा र मकर लिम्बूको घर आगलागीबाट पूर्ण क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । साँझतिर स्थानियवासीले पवित्राको घरको धुरीमा आगो देखेपछि निभाउन प्रयास गरेका थिए ।
दमक र गौरादहबाट आएका दमकल, जनपथ, सशस्त्र प्रहरी, स्थानीयबासीलगायतको प्रयासमा २ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब ५० लाखको क्षति भएको अनुमान गरिएको प्रहरीले वताएको छ ।
आगलागीबाट मानवीय क्षति नभएपनि सम्पूर्ण धन सम्पति जलेर नष्ट भएको छ । ग्याँस पड्केर आगलागी भएको अनुमान गरिएको छ । साँझ पौने ७ बजे लागेको आगो करिब ९ बजे नियन्त्रणमा आएको थियो ।
तपाईको प्रतिक्रिया