पूर्वाञ्चल खबर
बबरसिंह थापा सेवा गुढी विराटनगरका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा शनिबार बसेको बैठकले विभिन्न क्षेत्रमा तीन जना व्यक्तिहरूलाई सम्मान गर्ने निर्णाय गरेको हो ।
गुढीले देवीकुमारी थापा स्मृति सम्मान तथा पुरस्कारबाट कवि एवं सस्कृति विद तुलसी दिवसलाई नगद ५१ हजार राशीको पुरस्कारले सम्मान गर्ने निर्णाण भएको बवरसिंह थापा सेवा गुढीका कोषाध्यक्ष हरिमोहन श्रेष्ठले जानकारी दिए । यसैगरि बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कारबाट कलाकार विक्रमश्रीलाई नगद २५ हजार रुपैयाले सम्मान गर्ने भएको छ । यस्तै कथाकार देवकुमारी थापाका विषयमा सर्वप्रथम विद्यावारिधी गर्ने दार्जिलिङ्गका शोधकर्ता दिपेन घिसिङ्गलाई विशेष सम्मान गरिने भएको छ । ्
सरकारले विश्वव्यापी रुपमा कोरोना (कोभिड १९) को महामारी फैलिएको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सभा, सम्मेलन नर्गन गरिएको आग्रहलाई मनन गर्दै समय मिलाएर केही दिनपछि कार्यक्रम गरि सम्मान गरिने गुढीले जनाएको छ ।