दिवम, अंश र कशिस विजेता

खबर पूर्वाञ्चल, १ चैत्र २०७६, शनिबार २०:०१

विराटनगर / किड्स एण्ड टीन्स ग्लोबल मोरङ २०२० को फाइनल प्रतियोगिता सम्पन्न भएको छ ।

विराटनगरमा सम्पन्न भएको उक्त प्रतियोगिताको फाइनलमा प्रि–किड्स, किड्स र टीन गरी ३ वटा विधामा बिजेता घोषणा गरेको हो ।

प्रि–किड्समा विराटनगरका दिवम राखेचा, किड्समा अंश अग्रवाल र टीनमा कशिस राई विजेता घोषित भइन् । प्रि–किड्सको फस्ट रनरअप श्रेयश शर्मा र जेनिशा जोशी सेकेण्ड रनरअप भइन् । यस्तै किड्सतर्फको फस्ट रनरअप मोनिका भट्टराई तथा साक्षी सहनीले सेकेण्ड रनरअपको उपाधि जितिन् । प्रतियोगिताको टीनतर्फ तर्फको फस्ट रनरअप अर्पिता राजवंशी र जनक खत्रीले सेकेण्ड रनरअपमा चित्त बुझाए ।

प्रतियोगिताको बिजेताले जनही नगद २५ हजार रुपैयाँको साथै ताज, ट्रफी, प्रमाणपत्रहरू र विभिन्न गिफट ह्याम्पर प्राप्त गरेको कार्यक्रम संयोजक प्रवलदिप विश्वासले जानकारी दिए । ड्रीम सर्च एजेन्सीको आयोजना भएको यो प्रतियोगितामा विभिन्न उमेर समूहका बालवालिकाहरूको सहभागि जनाएको एजेन्सीका सीईओ कमल क्षेत्रीले जानकारी दिए ।

फाइनलमा मोडल ग्याल्सेन लामा, जय शर्मा, मिस पूर्वाञ्चल २०१३ की विजेता नेहा बजाज, किन्डर पिल्लर प्रिस्कुलकी निर्देशक श्रुती शर्मा निर्णायक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५