विपद् व्यवस्थापन सम्वन्धि अनुशिक्षण

खबर पूर्वाञ्चल, १ चैत्र २०७६, शनिबार १९:३६

विराटनगर /मोरङको तीनवटा स्थानीय तहमा विपद् व्यवस्थापन संवन्धि अनुशिक्षण सम्पन्न भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति मोरङको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नम्वर ३ गण हेडक्वाटर, कंकालिनी मोरङको सहजीकरणमा ग्रामथान गाउँपालिकामा विपद् व्यवस्थापन सम्वन्धि अनुशिक्षण सम्पन्न भएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ विराटनगरसँगको सहकार्यमा ग्रामथानमा गरिएको अनुशिक्षणमा विशेष गरि विपद्का समयमा गरिने उद्धारमा केन्द्रित रहेको थियो । तालिममा शसस्त्र प्रहरीका एसपी नेत्रबहादुर कार्कीले मोरङका अन्य १४ वटा स्थानीय तहमा पनि विपद् संवन्धि तालिम आवस्यक रहेको बताए । ३ वटा स्थानीय तह पछि अन्य तहमा तालिम गरिने उनले बताए ।

ग्रामथानमा आयोजित अनुशिक्षणमा २८ जनाको सहभागिता रहेको नारी विकास संघका प्रशासकीय अधिकृत हिमान्सु यादवले बताए । उनका अनुसार यसअघि बुढीगंगा र कटहरीमा अनुशिक्षण सम्पन्न भईसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५