RUMPUM
animated ellipse animated ellipse

अन्तर कलेज फुटबलमा निहारिका र ग्रिनल्याण्ड विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० फाल्गुन २०७६, शुक्रबार १८:५६
9
Shares

विराटनगर / विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेज र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् ।

विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विराटनगरको निहारिका कलेजले हिमालय दर्शनलाई पराजित गरेको छ भने विराटनगरको ग्रिनल्याण्ड कलेजले पथरीको रेडस्टार कलेजलाई पराजित गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा निहारिका कलेजले हिमालय दर्शन कलेजलाई ३–० गोलअन्तरमा पराजित गरेको छ । निहारिकाका लागि खेलको २१ औं मिनेटमा शिशिर लेखीले गोल गरे भने ६१ औं मिनेटमा पुनः लेखीले टोलीका लागि थप गोल गरेका थिए । खेलको अतिरिक्त समयमा सनम धिमालले गोल गरे । खेलको म्यान अफ द म्याच निहारिकाका शिशिर लेखी भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी दोस्रो खेलमा विराटनगरको ग्रिनल्याण्ड कलेजले प्रतियोगिताको दावेदार पथरीको रेडस्टार कलेजलाई २–० गोलमा पराजित गरेको छ । खेलको १८ औं मिनेटमा ग्रिनल्याण्डका लागि संजय धिमाल र २८ औं मिनेटमा सागर राईले गोल गर्दै टिमलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका मनिष थापा भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।

शनिबारको पहिलो खेल दुहबीको महेन्द्र मेमोरियल एकेडेमी र विराटनगरको कोसी मल्टिपल कलेज तथा दोस्रो खेल रंगेलीको जनप्रिय मावि र विराटनगरको कान्तिपुर कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर