विराटनगरमा अन्तराष्ट्रिय स्तरको युनिसेक्स सैलुन सञ्चालन

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७६, शुक्रबार १८:४०

विराटनगर/ विराटनगर– ४ कञ्चनबारीमा अन्तराष्ट्रिय स्तरको ग्रिनलाईट युनिसेक्स सैलुन सञ्चालनमा आएको छ । ३० लाखको लागनीमा उक्त सैलुन आजदेखि सञ्चालनमा आएको हो ।

सैलुनले हेयर कटिङ, हेयर स्पो, स्टेट, फेस थेरापी, हेयर स्मुथिङ र स्किन केयरलगायतका विभिन्न सुविधा रहेको छ । महिला तथा पुरुष दुवैलाई एकै ठाँउबाट सेवा उपलब्ध गराउने गरि सैलुन संचालनमा ल्याइएको हो । गएको २ बर्षअघि नोबेल अस्पताल छेउमा स्थापना गरिएको ग्रिनलाईट सैलुनको सफलतापछि दोश्रो शाखाको रुपमा कंचनबारीमा विस्तार गरिएको युवा उद्यमी हरीप्रसाद बजगाईले बताए । विराटनगरबाट सुरू गरिएको ग्रिनलाईट ब्राण्डको चेन अन्र्तगत आगामी दिनमा नगर क्षेत्रका विभिन्न स्थानका पनि शाखा विस्तार गरिने तयारी भएको उनले बताए । ‘यहाँ सञ्चालनमा ल्याएको शैलुन महिला र पुरूष दुवैको लागि सुविधा प्रदान गरिएको छ,’ सञ्चालक बजगाइले भने, ‘ग्रिनलाइटले सफलता पाएपछि हामीले कन्चनबारीमा शाखा विस्तार गरेका हौं । आगामी दिनमा इटहरी र पूर्वको सहरहरूमा पनि शाखा विस्तार गरि ग्राहकलाई सेवा प्रदान गर्ने हाम्रो लक्ष्य छ ।’

सैलुनले सञ्चालनमा आएसँग प्रारम्भिक चरणमा ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सैलुनले कपाल, छाला र नङ सम्बन्धि सेवा उपलब्ध गराउनुका साथै अन्र्तराष्ट्रिय जगतमा स्थापित ब्राण्डका सौन्दर्य प्रशाधन सामाग्रि समेत उपलब्ध गराउने जनाइएको छ । सैलुनले युवाहरुलाई स्वरोजगार बनाउन समयसमयमा विभिन्न प्रकारका तालिमहरु समेत सञ्चालन गर्ने लक्ष्य राखेको सञ्चालक बजगाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५