AArya
RUMPUM
animated ellipse animated ellipse

आर्थिक रुपमा सबल नभए महिलाले अधिकार प्राप्त गर्न नसक्ने मन्त्री अर्यालको दाबी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७६, आईतवार १९:२६
3
Shares
फाइल तस्वीर

काठमाण्डौं/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आर्थिक रुपमा सबल नहुँदासम्म महिलाले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने दाबी गरिन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आजकाठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले संविधानमा उल्लेख भएका अधिकार सबै भोग्ने अवस्थामा पु¥याउन महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्नेमा जोड दिइन् । सरकारले १५ औं योजनामा सन २०३० भित्रमा महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र त्यसै अनुसार नै काम अगाडि बढेको उनले बताइन् ।

मन्त्री अर्यालले राज्यका विभिन्न निकायमा रहेका महिलाले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पुरा गरी महिला सक्षम छन भन्ने प्रमाणित गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।

नेपाली काँग्रेस सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेशिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलालाई चुनौती रहेको बतायन् । अझैपनि निर्णय गर्ने ठाउँमा महिला पुग्न नसक्नुले राजनीतिक लडाई अझै नसकिएको उनको भनाइ छ ।

राष्ट्रियसभा सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताइन् । उनले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर