धनकुटा / भारतीय नागरिक धनकुटाको धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका छन् ।
भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर झरेपछि बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आज दिउँसो बेपत्ता भएका उनको खोजी कार्य छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शन कोइरालाका अनुसार शर्माको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् ।
तपाईको प्रतिक्रिया