AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आधारभूत विद्यालयललाई उद्योगीको सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ फाल्गुन २०७६, शुक्रबार २०:०५
3
Shares
विराटनगर / उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्र्तगत विराटनगर वडा नं. ६ स्थित आधारभूत विद्यालयलको व्यवस्थापन समितिलाई २० थान डेक्स, वेञ्च आज हस्तान्तरण गरेको छ ।

डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योगी /व्यवसायीका अग्रणी संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संस्थागत सामाजिक उत्तरदायित्व वोध गरी शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले यस आधारभुत विद्यालयलाई २० थान डेक्स, वेञ्च उपलब्ध गराउन पाएकोमा खुशि व्यक्त गरे । उनले दुवै संस्थाका तर्फबाट प्रदान गरको डेक्स वेञ्चले उक्त शिक्षालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहज भई शिक्षा प्रतिको अभिरुचीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संगठन र संघको संयूक्त सहयोगमा उपलब्ध गराएको डेस्क वेञ्चले विद्यालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहज हुने वताउदै वालवालिकालाई शिक्षाको माध्यम उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने आशा व्यक्त गरे ।

नेकपाका केन्द्रीय सदस्य गुरु वरालले विद्यालयलाई उपलब्ध गराईएको डेस्क वेञ्चले उक्त विद्यालयको शैक्षिक विकासका साथै वालवालिकाको अध्ययन प्रति अभिरुची वृद्धि गर्न सहयोग पु¥याउने विचार व्यक्त गरे ।

उद्योग संगठन मोरङ अध्यक्ष घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले दुवै संस्थाका तर्फबाट संयूक्त रुपमा विद्यालयको प्रधानाध्यापक जयन्ती दासलाई डेस्क तथा वेञ्च हस्तान्तरण गरे ।

विराटनगर वडा नं. ६ स्थित उक्त विद्यालयमा कक्षा चारसम्म एक सय पच्चिस जना वालवालिका अध्ययनरत रहेको प्रधानाध्यापकले दास जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर