कोरोना भाइरसका कारण फिफा विश्वकप छनोटका खेलहरु स्थगित

खबर पूर्वाञ्चल, २३ फाल्गुन २०७६, शुक्रबार १९:४१

विराटनगर / विश्व फुटबलको सर्वोच्च निकाय र एसियाली फुटबल महासंघले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

फिफा र एएफसीको संयुक्त बैठकले कोरोना भाइरसका कारण तत्कालका लागि तय भएका खेलहरु स्थगित गर्ने बताएको छ । फिफा विश्वकप छनोट अन्तर्गत नेपालले घरेलु मैदानमा चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय थियो । यो सँगै नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण पनि स्थगित भएको छ । विश्वकप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो ।

फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर प्रतियोगिताका बारेमा जानकारी दिने बताएको छ । फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५