संसारीमाईस्थान मन्दीरको मुर्ति चोरी गर्ने पराजुली कारागार चलान

खबर पूर्वाञ्चल, २२ फाल्गुन २०७६, बिहीबार २१:२६

केशव न्यौपाने
रंगेली / मोरङको रंगेली स्थितमा रहेको ऐतिहासिक देवस्थल श्री संसारीमाईस्थानमा वहुमुल्य गरगहना तथा मुर्ति चोरी गर्ने युवक भुवन पराजुली पुर्पक्षकालागि कारागार चलान भएका छन ।

मोरङ जिल्ला अदालतका श्रेस्तेदार ईश्वरमणि पोखरेलका अनुसार मोरङ जिल्ला न्याधिश तेजबहादुर खड्काको एकल ईजलाशले पराजुलीलाई पुर्पक्षको लागि कारागार चलान गरेको जानकारी दिए।

गत माघ २२ गते राती रंगेली ३ रंजनि वस्ने २६ वर्षीय पराजुलीले मंन्दिरमा पसि मन्दिरका वहुमुल्य गरगहना करिव १२ लाख वरावरको चोरी गरेका थिए ।

पराजुलीलाई रंगेली प्रहरीले मंन्दिरमा जडान गरेको सिसिटिभि क्यामेराको मद्दतले २४ घण्टा भित्रनै पक्रन र चोरी भएको सम्पुर्ण सामानहरुसहित वरामद गर्न सफल भई चोरी मुद्धा मन्दिर समितीका अध्यक्ष संजिवकुमार श्रेष्ठको जाहेरीले पराजुली माथी चोरी मुद्धा चलाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५