कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै होली नखेल्न सर्वसाधरणसँग अपिल

खबर पूर्वाञ्चल, २२ फाल्गुन २०७६, बिहीबार २०:३९

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै होली नखेल्न सर्वसाधरणसँग अपिल गरेको छ ।

कोरोनाको विश्वव्यापी संक्रमण र जिल्लामा यस भाइरसको संक्रमण फैलिन नदिन विनाकारण भीडभाडमा नजान र सभा समारोह आयोजना नगर्न समेत आग्रह गरेको छ ।

प्रशासन कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै उच्च सतर्कताको लागि आग्रह गरेको हो ।

चीनको वुहान आउटब्रेक भएर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै प्रशासनले कुनै पनि प्रकारको उत्सव, मेलाका कार्यक्रम आयोजना नगर्न भनेको हो । प्रशासनले कोरोनाको जोखिमाम नेपाल रहेको विश्वस्वास्थ्य संगठनले सूचना गरेकोले यसको फैलावट र संक्रमणलाई मध्यनजर गर्दै सचेत हुन पनि आह्वान गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमण फैलिनसक्ने भन्दै चेतावनी दिएको अवस्थामा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५