दुहबीमा मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप हुने

खबर पूर्वाञ्चल, २० फाल्गुन २०७६, मंगलवार २०:०७

दुहबी / सुनसरीको दुहबीमा दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनसिप प्रतियोगिता हुने भएको छ ।

आज दुहवीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला डोरीतान संघका अध्यक्ष निश्चलराज शाक्यले दोश्रो
अन्तराष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिता गर्न लागिएको जानकारी दिएका छन् । सुनसरी जिल्ला डोरी तान संघको आयोजनामा दुहवी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा फागुन २३ गते हुने डोरीतान प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरि १० ओटा टिमको सहभागिता रहने जनाइएको छ ।

फागुन २४ गते सेमीफाइनल र फाइनल खेल हुने जनाइएको छ । नेपाल डोरी तान संघका केन्द्रीय उपाध्यक्ष सुभासश्री पोखरेलले प्रचार प्रसारको अभावमा ओझेल परेको यो खेललार्इ अन्य खेलकुद जस्तै संरक्षण र प्रर्वधन गर्नुपर्नेमा जोड दिएका छन् । अहिले नेपालभर ३२ जिल्लामा डोरी तान संघ गठन भएको तथा सुनसरी–मोरङका सव स्थानिय तहमा गठन भएकोले २ वर्ष भित्रमा नेपालभर
प्रदेश, जिल्ला र स्थानिय तहमा विस्तार गरिने पोखरेलले जनाए ।

सुनसरी जिल्ला डोरी तान संघ र मनमोहन स्पोर्टस एकेडेमी तथा मोरङ डोरी तान संघको सहकार्यमा हुने अन्तराष्ट्रिय डोरीतान गोल्डकप प्रतियोगितामा ३६ लाख ७२ हजार ८ सय खर्च हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको लिगकम नकआउट गरि विभिन्न चरणमा हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलार्इ नगद एक लाख ट्रफी मेडल तथा प्रमाण पत्र र दोश्रो हुने टिमलार्इ नगद पचास हजार ट्रफी मेडल तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सुनसरी जिल्ला डोरीतान संघले दुहबीमा १ वर्ष अगाडी
नेपालमै पहिलो अन्तराष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिता गरिसकेको छ । सो प्रतियोगितामा नेपालको विभागिय टोलि शसस्त्र प्रहरीले उपाधि चुमेको थियो । बिश्वकै पूरानो खेल मध्येको एक डोरीतान खेलमा दुवैतर्फबाट ८–८ जना खेलाडी सहभागि हुन्छन । खेलको नियमअनुसार ८० फिटको डोरीलार्इ दुवै तर्फबाट एक अर्काले तानेर आफ्नो तर्फ डोरी तान्न सफल हुने खेलाडीहरुले जित हासिल गर्छन । खेलमा एकतर्फका ८ जना खेलाडीहरु ६ सय केजी भन्दा बढि तौल हुन न पाउँने नियम छ ।

नेपालमापनि यो खेलको प्रर्वधन गर्न राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त, टग अफ वार अन्तराष्ट्रिय माहासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५