गृह नगरमा आएर नेता सिटौलाद्वारा सभापति पदमा उम्मेदवारी दिने घोषणा

खबर पूर्वाञ्चल, १९ फाल्गुन २०७६, सोमबार १९:५४
फाइल तस्वीर

भद्रपुर / गृह नगरमा आएर नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज झापाको भद्रपुरमा प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार भेटघाट बोल्दै नेता सिटौलाले पार्टीको सभापति पदमा उम्मेदवारी दिन घोषणा गरेका हुन् । २०७७ फागुनमा हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवारी दिने बताउँदै नेता सिटौलाले भने, ‘पार्टीको आमूल परिवर्तनका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको बताए ।’

मुलुकको शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट आफ्नो भूमिका उल्लेखनीय रहेको नेता सिटौलाले बताए । ‘वर्तमान परिस्थितिमा पार्टी सभापति शेरबहादुर देउवाजी र रामचन्द्र पौडेलजी बिचको भागबन्डा र गुटबन्दी आवश्यक नभएकोतर्क राख्दै उनले भने पार्टीको एकताका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

नेता सिटौलाले सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने समयमा पार्टी भित्रको गुटबन्दी र आन्तरिक झै झगडाले अलमली रहेको बताए । पार्टीका भातृ संस्था तरुण दल र नेविसंघको अधिवेशन पार्टीको महाधिवेशन अगावै गर्न नसकिए पनि प्रेस युनियनको अधिवेशन जुनसुकै परिस्थितिमा गर्नुपर्छ उनले बताए ।

बहुमतको कम्युनिस्ट सरकारले नेपालको संविधानको अपव्याख्या गरेर जनतामा भ्रम छर्न खोजेको नेता सिटौलाले बताए । सत्ताको लुछातानीमा वर्तमान सरकार लिप्न भएर लागि परेको उनको भनाई छ । युनियनमा आबद्ध पत्रकारले पार्टीका गतिविधिसहित सरकारले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्नेमा उनले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५