क्यान्सर पिडित पत्रकार पौडेललाई पाथिभरा एडभरटाइजिंगको सहयोग

खबर पूर्वाञ्चल, १९ फाल्गुन २०७६, सोमबार १८:३५

विराटनगर / ब्लड क्यान्सरबाट पिडित बिराटनगरका पत्रकार कमल पौडेलको उपचारका लागी सुनसरीको ईटहरीमा रहेको पाथिभरा एडभरटाईजिङ र जब लिंकले २५ हजार सहयोग गरेको छ ।

विराटनगरबाट प्रसारणमा रहेको मकालु टेलिभिजनमा कार्यकारी सम्पादकको रुपमा कार्यरत पौडेलको उपचारका लागि टेलिभिजनको कार्यलयमै पुगेर पाथिभरा एडभरटाईजिङ र पाथिभरा जब लिंकका कार्यकारी प्रमुख पवन अधिकारीले २५ हजारको ५ सय ५५ रुपैया सहयोग गरेका हुन ।

पौडेलको काठमाण्डौमा रहेको सिभील हस्पिटलमा उपचार भईरहेको छ । उनको उपचार कोषमा २५ लाख रुपैया संकलन भईसकेको छ भने अझै १५ लाख बढी रकम अपुग रहेको कार्यक्रममा परिवारजनले बताएको छ ।

पौडेलको उपचारका लागी देश तथा बिदेशबाट दाताहरु र बिभिन्न जिल्लामा पत्रकारहरुले समेत रकम संकलन अभियान सञ्चालन गरिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५