पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर– ९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रिएको औषधि फेला पारेको छ ।

औषधि व्यवस्था विभाग विराटनगरले आज गरेको अनुगमनको क्रममा फ्रेन्डसिप फार्मेसीबाट १५ प्रकारका म्याद गुज्रिएका औषधि बरामद गरेको हो ।
विकास मण्डलले सञ्चालन गर्दै आएको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ बाट विभिन्न १५ प्रकारको १ सय ३९ परिमाण औषधि बरामद गरेको नेपाल औषधि व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख दिपेन्द्र खड्काले जानकारी दिए । मौखिक उजुरी पछि अनुगमन गर्दा फेला पारेको उनले बताए ।
फार्मेसीका सञ्चालक विकास मण्डलले औषधी नष्ट गर्न छुट्टै कोठामा राखेको औषधि बरामद गरेको बताए । अनुगमनका क्रममा आँगन फार्मेसीका सञ्चालक समेत पक्राउ परेका छन् ।
आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई औषधी व्यवस्था विभाग विराटनगरको टोलीले नियन्त्रणमा लिएको छ ।
उनले प्राविधिक नराखी औषधि बेचविखन गरिरहेको फेला परेपछि पक्राउ गरिएको हो ।