प्रेस संगठनका जिल्ला सदस्यहरुले लिए सपथ

खबर पूर्वाञ्चल, १८ फाल्गुन २०७६, आईतवार १८:०५

विराटनगर / प्रेस संगठन नेपाल मोरङ जिल्ला सदस्यहरुलाई आज विराटनगरमा सपथ ग्रहण गरेका छन् ।

संगठनका केन्द्रीय सह इन्चार्ज गणेश वस्नेतले मोरङ संयोजक र उप संयोजक सुदिप कोइराला र गोकुल पराजुलीसहित ३५ जना सदस्यहरुलाई सपद ग्रहण गराएका छन् ।

कार्यक्रममा संगठनका केन्द्रीय इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले सञ्चारकर्मीहरुले जननिर्वाचित सरकारले गरेका राम्रा कार्यहरुको सत्य र तथ्यका आधारमा जनतामा सूसुचित गराउँन आग्रह गरे । उनले पे्रसको सुधार र विकासका लागि वर्तमान सरकारले कार्य गरिरहेको जानकारी दिदै प्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संगठन सह–संयोजक वस्नेतले मिशन पत्रकातिा अहिले अन्त्य भएको बताउँदै विचार र व्यवसायिक दक्षतावाट कार्य गर्न अनुरोध गरे ।

नेपाल कम्यूनिष्ट पाटी(नेकपा)का केन्द्रीय सदस्यहद्वय महेश रेग्मी, विनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले लोकतन्त्रलाई स्थायित्व गर्न सञ्चारकर्मीहरुको ठूलो भूमिला रहेको बताए ।

तत्कालिन प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द अर्याले सङ्घीयता कार्यान्वयनसहित सामाजिक दायित्व निभाउन आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुईलेट, महासचिव विवेक गौतम,नेकपा मोरङ प्रचार विभाग प्रमुख मणि दाहाल, संगठनका प्रदेश संयोजक राजन केडी, इन्र्जाच लिलाराज भट्टराई , संंगठन मोरङका इन्चार्ज सुदीप कोइराला र र चन्द्र न्यौपानेले सञ्चारकर्मीलाई जीवनयापन पुग्ने पारश्रमिक भुक्तानीको व्यवस्था हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५