RUMPUM
animated ellipse animated ellipse

ग्रिनल्याण्ड कलेजमा फ्लोरल डेकोरेशन एण्ड डिजाइन तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७६, आईतवार १७:४३
9
Shares
विराटनगर / विराटनगर–९ मा रहेको ग्रिनल्याण्ड कलेजका होटल मेनेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीहरुले फ्लोरल डेकोरेशन एण्ड डिजाइन एक दिने तालिम सम्पन्न गरेका छन् ।

आत्मनिर्भर बन्नकालागि प्रयोगात्मक कक्षामा सिपमुलक आकर्षक दर्जनौ फुलका बुकी बनाएका छन् । विभिन्न रंगका गोदावरी, गेडुलस, रजनिगन्धा, एरिकापाम, साइकस, मेरीगोल्ड, द्यानथस र रोज जातका फुलहरुको प्रयोग गरि कुनै प्रतिस्पर्धाकालागि राखिएका जस्तै देखिने आर्वषक र उत्कृष्ट बुकीहरु बनाएको कलेजले जनाएको छ ।

यस्ता प्रयोगात्मक कक्षाबाट आफुहरुले शिपका दक्षता हासिल गर्नुका सार्थ राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने कक्षा ११ का विद्यार्थी छात्र सन्देश मगरले बताए ।

व्यवसाय सजावटका क्षेत्रमा विद्यार्थी प्रतिस्पर्धी बन्ने विश्वास विषय शिक्षिका अर्चना देवले बताइन् । विद्यर्थीको दक्षता विकाशमा कलेज विरन्तर लागि रहने कलेजका निर्देशक दिनेश दाहालले दृढता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर