विराटनगर / मोरङका पत्रकार किशोर बुढाथोकीले कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
अन्नपूर्ण पोष्टका विराटनगरका संवाददाता रहेका पत्रकार बुढाथोकी प्रेस संगठन मोरङको सपथ ग्रहण समारोहका बिच आज सो पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनी १० हजार १ सय ११ रुपैयाँ नगद राशीसहितले पुरस्कार भएका छन् । प्रेस संगठन मोरङको कार्यसमितिको सपथग्रहण कार्यक्रमको अवसरपारि प्रदान गरिएको सो पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिदै आईएको थियो ।
सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा समेत पुरस्कृत भईसक्नु भएका छन् ।
तपाईको प्रतिक्रिया