चन्द्रसूर्य क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम

खबर पूर्वाञ्चल, १७ फाल्गुन २०७६, शनिबार २१:२९

विराटनगर / विराटनगर– ४ बरगाछीस्थित चन्द्रसूर्य म्यानिजमेन्ट क्याम्पसले भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा विदाई गरेको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि बिविएस प्रथम वर्षमा भर्ना भएका र चौथो सेमिस्टर पूरा गरेका विद्यार्थीहरूलाई विदाई गरिएको हो ।

बिविएसमा भर्ना भएका ८७ र चौथा सेमिस्टेर पूरा गरेका ५१ जना विद्यार्थीहरूलाई विदाई गरिएको चन्द्रसूर्य म्यानिजमेन्ट क्याम्पस प्रमुख इश्वर रिजालले जानकारी दिए । सोही अवसरमा दोस्रो र तेस्रो सेमिस्टरका विद्यार्थीहरुले भर्ना तथा विदाई भएका विद्यार्थीहरुलाई साँस्कृतिक नृत्य प्रस्तुत गरि मनोञ्जन प्रदान गरेका थिए । क्याम्पसले बिबिएसका प्रथम सेमिस्टरका क्याम्पस टप गर्ने सन्तोष कोइरालालाई सम्मान गरिएको छ । यस्तै प्रतिमा तिम्सिनालाई विद्यार्थी वर्ष पुरस्कार २०७६ बाट सम्मानित गरिएको छ । प्रविण कुमार साहलाई शिक्षक वर्ष पुरस्कार प्रदान गरियो ।

विदाई भएका विद्यार्थीहरुलाई क्याम्पस प्रमुख इश्वर रिजाल, क्याप्सका संस्थापकहरु गोविन्द थापा, सरिता घिमिरे, महावीर गुप्ता, क्याप्सका अध्यक्ष युवराज रिजाल, सचिब गोविन्द थापालगायतले मायाको चिनो र दोसल्ला ओढाएर विदाई गरेका थिए । सोही अवसरमा क्याप्सले आयोजना गरेको खेलकुद प्रतियोगितामा बिजेता हुने विद्यार्थीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५