स्टार स्कूलमा बाल मेला

खबर पूर्वाञ्चल, १७ फाल्गुन २०७६, शनिबार २०:०५

विराटनगर / विराटनगर– १३ मा रहेको स्टार बोर्डिङ स्कूलले बाल मेलाको आयोजना गरेको छ ।

स्कूल परिसरमा आज भव्य समारोहको बिच प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य तथा पूर्व आपुर्ती मन्त्री शिवकुमार मण्डलले उद्घाटन गरे । पूर्व मन्त्री मण्डलले शिक्षालाई अन्तराष्ट्रिय स्तरका शिक्षामा विकाश गर्नु पर्नेमा जोड दिए । शिक्षालाई विज्ञान र प्रविधीसँग जोडेर सिप र संस्कारसहितको शिक्षा दिन आवश्यक रहेको मण्डलले बताए । यो बाल मेलाले पाठ्यक्रममा मात्र नरहेर व्यवहारिक र सैद्धान्ती कुरा सिक्न मद्दत गर्ने मण्डलले बताए ।

कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य बसन्ती यादव, सस्थापक अध्यक्ष डा. उद्धव पोखरेल, अभिभावक सँघ प्रदेश १ का अध्यक्ष देवि पन्ती स्कूलकी भाइस प्रिनिसपल मुनु पोखरेल तथा विद्याथी नेता राकेश रोशन यादवलगायतले बोलेका थिए ।

मेलामा विद्यार्थीहरुले साँस्कृति झल्किने नृत्य , गित गायर उपस्थीत सवैलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५