RUMPUM
animated ellipse animated ellipse

धर्म परिबर्तन हुँदा पनि सरकार मुकदर्शक भएर बस्नु दुर्भाग्यपूर्ण : अध्यक्ष थापा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७६, शुक्रबार २०:३२
3
Shares
फाइल तस्वीर

सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई धर्म निरपेक्षता संगठित र योजनाबद्ध षडयन्त्र भएको बताएका छन् ।

धर्म परिबर्तन भएको प्रती तिब्र आपत्ति प्रकट गर्दै उनले सवै नेपाली नागरिक सचेत रहन आग्रह समेत गरे ।

आज सुनसरीमा पार्टीको बराहक्षेत्र नगर समितिको अधिबेशन उद्घघाटन गर्दै थापाले लोभ लालच, भ्रम र प्रलोभनको आधारमा धर्म परिबर्तन हुँदा पनि सरकार मुकदर्शक भएर बस्नु दुर्भाग्यपूर्ण भएको बताए ।

राप्रपालाई आगामी चुनाबमा कांग्रेस कम्युनिष्टसंग संगैको तेस्रो शक्ति बनाउने अभियानमा जुट्न थापाले कार्यकर्ताहरुलाई आग्रह गरे । जनता विकल्पको खोजिमा छन् , लोकतन्त्रको नाममा लुटतन्त्र जनतालाई मन परेको छैन, वाइडबढी, तेत्तीस क्विन्टल सुन,बालुवाटार जग्गा ,एनसेल कर लगायत गोकुल बास्कोटाको काण्ड जनताले राम्ररी बुझिरहेको भन्दै जनताको भावना बुझेर राप्रपाले आगामी दिनमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

भ्रष्ट्राचारले नेपाली समाज र राजनीतिमा क्यान्सरको रुप लिएको चर्चा गर्दै थापाले राजनीतिलाई भ्रष्ट्राचारले फोहरी बनाएको तर्क गरे । नेपालको भुराजनीतिको कारण राजसंस्था आबश्यक भएको भन्दै थापाले जनताको बलमा आउने राजसंस्था मात्रै दिगो र टिकाउ हुने बताए । संविधान भित्र र संसद नियन्त्रीत राजसंस्थाले मुलुकको हित गर्छ थापाको कथन थियो ।

कार्यक्रममा प्रदेश नं १ अध्यक्ष राम थापाले जनताको घर दैलोमा गएर अगाडी बढ्ने बताए । उनले समय सापेक्ष पार्टिलाई अगाडी बढाउने उद्घोष समेत गरे । आन्तरिक शुद्धिकरणमा लागेको राप्रपाले अर्जुन भट्टराईको अध्यक्षतामा २७ सदस्यीय नगर समिती समेत चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर