CLASSICTECH NET

अवैध लागूऔषधसहित श्रीमान् र श्रीमती विराटनगरबाट पक्राउ

खबर पूर्वाञ्चल, १६ फाल्गुन २०७६, शुक्रबार १४:२८

विराटनगर / अवैध लागूऔषधसहित श्रीमान् र श्रीमती विराटनगरबाट आज पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिकास्थित बसपार्क क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा श्रीमान २६ वर्षीय दिपेश श्रेष्ठ र श्रीमती २१ वर्षीया तृष्ण श्रेष्ठलाई लागूऔषधसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाईजोल्याप नामक दुई सय ६० पिस, र सिरिन्ज तीन थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राईले जनाकारी दिए । पक्राउ परेका दम्पतीले भारतबाट अवैध रूपमा लागूऔषध खरिद गरेर पूर्वको विभिन्न स्थानमा विक्री वितरण गर्दै आएको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

‘पक्राउ परेका दम्पतीले भारत गएर लागूऔषध ल्याएर लुकाइछुपाइ राखेको अवस्थामा चेकजाचको क्रममा प्रहरीले पक्राउ गरेको हो,’ डिएसपी राईले भने, ‘नेपाल ल्याएपछि उनीहरूले महङ्गो मुल्यमा विक्री गर्दछन् ।’ पक्राउ परेका दम्पतीले लागूऔषध प्रयोगकर्ता पनि रहेको प्रहरीको भनाई छ । ‘लागूऔषध सेवन गरेपछि कारोबार गर्ने उद्देश्यले लागूऔषध ल्याएको पनि पाइयो,’ डिएसपी राईले भने ।
यस्तै मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका ६ कोयलपुर चोकमा चेकिङको क्रममा लागूऔषधसहित २ जनालाई बिहीबार पक्राउ गरेको छ ।

कोयलपुर प्रहरी चौकीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा को १४ प ८६७९ नम्बरको मोटरसाइकलमा सवार सुन्दरहरैंचा ११ का ३३ वर्षीय सुरेन्द्र राई र सुनसरी इटहरीका मनिष परियारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान, मोवाइल ४ थान फेला बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई मोरङ अदालतमा म्यात थप गरि अनुसन्धान सुरू गरेको डिएपी राईले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५