बेपत्ता भएका राई ५ दिनपछि मृत फेला

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार १३:२६

खोटाङ /खोटाङको जन्तेढुङगा गाउँपालिका १ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् ।

फाल्गुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तर्फ घुम्न भनी गएका राई बेलुकासम्म पनि घर फर्की नआए पछि उनी बेपत्ता भएका थिए । बेपत्ता भएका राईको खोजतलास गरिरहेको प्रहरी र स्थानीयवासीको टोलीले राईलाई जन्तेढुङगा गाउँपालिका १ कुटिटार स्थित सुनकोशी नदी किनारामा हिजो दिउँसो मृत अवश्थामा फेला पारेका थिए ।

बेपत्ता भएको ५ दिन पछी मृत फेला परेका राईको सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान कार्यको लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट अनुसन्धान अधिकृतसहितको टोली खटि गएको खोटाङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५