नियन्त्रीत लागुऔषध गाँजासहित ८ जना पक्राउ

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार १३:१९

विराटनगर / उदयपुर र मोरङका २ स्थानबाट बुधवार राती नियन्त्रीत लागुऔषध गाँजा बेचबिखन तथा ओसार पसारमा संग्लग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका ३ चिचिला टप्पुमा लागुऔषध गाँजाको बिक्री वितरण तथा ओसार पसार भईरहेको सूचना पाए लगत्तै बुधवार राती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २९ बर्षीय श्याम माझीलाई २ केजी गाँजासहित घरबाट नै पक्राउ गरेको हो । यसैगरी गाँजा ओसार पसारमा संग्लग्न रहेका स्थानीय २६ बर्षीय मदन माझी, २२ बर्षीय किर्तिमान माझी, १९ बर्षीय सुकमान माझी, १८ बर्षीय सरोज गेलाल, १९ बर्षकै जय माझी र ६० बर्षीय बुद्धीमान माझीलाई समेत पक्राउ गरेको हो भने बुद्धीमान माझीले घर नजिकै केरा घारीमा लुकाई छिपाई राखेको थप २ केजी गाँजा समेत बरामद गरेको हो ।

यता मोरङको जहदा गाउँपालिका ३ का ५० बर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्री बितरण भईरहेको भन्ने सूचना पाए लगत्तै बुधवार राती ११ बजेर्नै प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले सोरेनलाई घरबाट नै ५ सय ग्राम गाँजासहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५