ट्याक्टरले किचेर १ को मृत्यु १ घाईते

खबर पूर्वाञ्चल, १५ फाल्गुन २०७६, बिहीबार १३:०४

ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ ।

ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३ त ९३ नम्बरको ट्याक्टर अचानक बाटोबाट चिल्लेर दुर्घटना हुँदा ट्याक्टरका सहचालक मैवाखोला गाउँपालिका १ का १८ बर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टर चालक मेरिङदेन ४ का २१ बर्षीय पासाङ तेन्जी शेर्पा घाईते भई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएको तथा अन्य थप अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५