CLASSICTECH NET

कृषिमा आधारित उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नु पर्छ– मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, १४ फाल्गुन २०७६, बुधबार २१:१८

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार गठन हुनसाथ मिल्क होलिडे अन्त्य गरेको बताएका छन् ।

विराटनगर महानगरपालिका–१४ जतुवामा नवस्थापित सुर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिज प्रालिकोे उद्घाटन गर्दै उनले प्रदेशमा ‘मिल्क होली डे’को समस्या नरहेको बताका हुन् ।

डेरी उद्योगले उत्पादनमा विविधिकरण गरी आयात प्रतिस्पथापन गर्नु पर्ने समेत मुख्यमन्त्री राईले बताए ।

मुख्यमन्त्री राईले उद्योगले रामो व्राण्डिङ्ग गरी अन्तर्राष्ट्रिय बजारमा चकलेट उत्पादन गरी निर्यातबाट वजेट घाटा न्यूनिकरणमा सहयोग गर्न आग्रह गरे । प्रदेश सरकारले कृषिलाई प्रहिलो प्राथमिकतामा राखेकोले उल्लेख गर्दै मुख्यमन्त्री राईले राष्ट्रको मेरुदण्डको रुपमा रहेको कृषिलाई आधुनिककरण, आद्योगिककरण लागि आगामी नीति तथा कार्यक्रममा यसमा विशेष वजेटको व्यवस्था गरिने जानकारी दिए ।

मुख्यमन्त्री राईले नेपालमा सवभन्दा वढी दुध उत्पादन हुने यस क्षेत्रमा ‘ मिल्क होलिडे ’ अन्त्यका लागि विराटनगर दुग्ध आयोजना र कामधेनु लगायतका अन्य डेरी उद्योगमा आवश्यक व्यवस्थापन गरेको स्मरण गराउँदै दूधमा आत्मनिर्भर भएको भन्दै प्रदेश १ लाई अन्न, मासुमा पनि आत्मनिर्भर बनाउन खोजेको उनले बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले कुषि अनुदान वैज्ञानिक र व्यवहारिक र उपयोगी वनाउनका लागि एक आर्थिक वर्षको अनुदानलाई आधारमानि आगामी दिन यस सम्वन्धी कार्यविधि र कानून बनाइ कार्य गर्ने जानकारी दिर्दै उनले किसानलाई उत्साहित प्रोत्साहित गरी उत्पादनमा वृद्धि गर्नका लागि यस वर्ष आठ करोड वजेट छुट्याएको जानकारी दिए ।

मुख्यमन्त्री राईले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा र स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणका लागि कृषिमा आधारित उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामवहादुर मगरले गाई, दाना, घाँस उत्पादनमा सहयोग रहने जानकारी दिदै कृषिलाई व्यवसायिक उद्योगमा लग्नुका साथै विषादी रहित कृषि उत्पादनमा गर्न कृषकहरुलाई आग्रह गरे ।

नेपाल डेरी एशोसिएशनका उपाध्यक्ष एवं शुभारम्भ डेरी उद्योग काभ्रेका सञ्चालक राजन दाहालले डेरी उद्योगको भविष्य उज्जवल रहेको छ भन्दै दुग्ध उत्पादन र प्रशोधनमा अलग अलग अनुदानको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

उद्योगका सञ्चालक अनुज यादव,मन्त्रालयका सचिव विमलकुमार निर्मल,नेकपामा पूर्व सांसद गुरु वराल,समाजवादी पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव,समाजसेवी दिनवन्धु गोयल, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले गाईभैसीमा गुस्तरीय नश्ल सुधार, वैंक तथा विमाले सहुलियन ऋण र सेवा उपलव्ध गराउन आग्रह गरे ।

अत्याधुनिक प्रविधि युक्त उद्योगले प्रतिघण्टा दुई हजार तथा दैनिक २० हजार लिटर दुध प्रशोधित गर्ने क्षमता रहेको छ ।

तीन जना सञ्चालक रहेको छ करोडको लागतमा दुई कठृा दश धुर जग्गामा स्थापित उद्योगले मोरङ र धनकुटाको ग्रामीण क्षेत्रमा दुग्ध सहकारीवाट दैनिक पाँच हजार दुध संकलन गरी बजारमा दैनिक दहि, घिउ, पनिर, बटर र प्रशोधित स्टयाण्डर र होल दुध वजारमा विक्री वितरण गर्ने गरेको छ।

उद्योगमा हाल ३० जनाले रोजगारी पाइरहेका छन् भने उत्पादित दुधवाट धुलो दुधको आयात प्रतिस्थापनमा सहयोग पुगेको सञ्चालक मनोज यादवले बताए।

उद्योगले आगामी दिनमा दुधका अन्य विविध परिकारकासाथै धुलो दुध समेत उत्पादन गर्ने लक्ष्य राखेको सोही अवसरमा जानकारी गरायो ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५