भोजपुरमा एक दम्पतीद्वारा आत्महत्या

खबर पूर्वाञ्चल, १४ फाल्गुन २०७६, बुधबार २१:०१

भोजपुर / भोजपुरको रामप्रसाद राई गाउँपालिकामा भर्खरै विवाह गरेका श्रीमान श्रीमतीले आत्महत्या गरेका छन् ।

रामप्रसाद राई गाउँपालिका ५ नम्बर वडा स्थित माने भञ्ज्याङका २३ वर्षीय दिलकुमार बुढाथोकी र २७ वर्षीय श्रीमती सम्झना राई (बुढाथोकी)ले घरनजिकैको खनिउको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

दोस्रो विवाह गरेका दुबैले परिवार र आमा बुबाका लागि केहि गर्ने इच्छा हुँदाहुँदै पनि केहि गर्न नसकिएकोले आत्महत्या रोजेको उल्लेख गरिएको आत्महत्या गर्न अघि लेखेको सुसाइड नोट घटना स्थलमा भेटिएको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । दुबैले आपसी सहमतिमा प्रेम गरेर दोस्रो विवाह गरेका थिए । सम्झनाको जेठा श्रीमानतर्फ एउटी छोरी छिन् ।

गाउँपालिका अध्यक्ष राईले उनीहरुले लेखेको सुसाइड नोटका आधारमा केहि आन्तरिक तनावमा दुबैले आत्महत्या भएको हुनसक्ने बताए । दुबैको शबलाई पोष्टमार्टमपछि दाहसंकार गरिएको राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५