विराटनगर / नियन्त्रीत लागुऔषधसहित २ जनालाई विराटनगरबाट पक्राउ गरिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धीत लागुऔषधसहित आज विराटनगर महानगरपालिका १५ बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका यी दुवै जनालाई ईलाका प्रहरी कार्याल रानीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया