धनकुटा / प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई दाँत उपचार दिन धनकुटाको छतरमा तीन दिने दन्त शिविरको आयोजना गरिएको छ ।
प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले ज्येष्ठ नागरिकलाई दात उपहार दिने शिविरको आइतबार एक कार्यक्रमका विच शिविरको उद्घाटन गरे ।
उद्घाटनका क्रममा मन्त्री घिमिरे र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले तीन जनालाई दाँत उपहार दिएका थिए । शिविरमा आइतबार मात्र ४ सय ३४ जना बिरामी आएका थिए ।
तीमध्ये ७८ जनाको १ सय ४० वटा दाँत निकालिएको थियो । त्यस्तै ६३ जनाको पूरै सेट दाँत निकालिएको छ । ८७ जनाको २ सय ६ वटा पुराना दाँत निकालिएको थियो ।
तीन दिनसम्म चल्ने शिविरमा दाँत निकालिएका र दाँत नभएका ज्येष्ठ नागरिकलाई नक्कली दाँत दिने मन्त्री घिमिरेले बताएका छन् ।
तपाईको प्रतिक्रिया