AArya
RUMPUM
animated ellipse animated ellipse

अमेरिकि राष्ट्रपति ट्रम्प भारत भ्रमणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७६, सोमबार १९:२६
3
Shares
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणका लागि आज भारत आएका छन् । ट्रम्पको यो पहिलो भारत भ्रमण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई स्वागत गरे ।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प सिध साबरमतीै आश्रम पुगेका थिए भने साबरमती आश्रममा रहेको ‘हृदय कुञ्जमा चर्खा घुमाए । त्यसपछि मोदी र ट्रम्प एक लाख १० हजार दर्शक क्षमता रहेको मोटेरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगेर सम्बोधन गरेका छन् ।

अमेरिकि राष्ट्रपति ट्रम्पको भारत भ्रमणका क्रममा नयाँ रणनीतिक ब्लु डट नेटवर्कका बारेमा छलफल हुने छ । यसलाई चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआईलाई रोक्न ‘ब्लु डट नेटवर्क अघि सारिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । यो सन् २०१९ मा अमेरिकाले अघि सारेको एक विकास रणनीति हो ।

अमेरिका, अष्ट्रेलिया र जापानले सन् २०१९ को ४ नोभेम्बरमा थाइल्याण्डको बैंङ्ककमा आयोजित ‘इन्डो प्यासेफिक बिजनेस फोरममा यसको घोषणा गरेका थिए । ट्रम्पको भारत भ्रमणलाइ महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर