लागुऔषधसहित १ जना पक्राउ

खबर पूर्वाञ्चल, १२ फाल्गुन २०७६, सोमबार १८:००

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लाहानबाट गाईघाट तर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक स्थानिय २२ बर्षीय मोहम्बद काबिरको साथबाट प्रहरीले नियन्त्रीत लागुऔषध डाईजोल्याप-५ पिस, प्रोमेफाजिन-५ पिस, नुफिन-५ पिस र प्रयोग गरेको सिरीन्ज-३ पिस, बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका काबिरको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५