दलितको अधिकार स्थापित गराउन जोड

खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७६, आईतवार २०:०७
3
Shares
विराटनगर / दलितको अधिकार स्थापित गराउन मिडियाले भूमिका खेलिदिनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

रिडेफ नेपालले विराटनगरमा आज आयोजना गरेको दलित अधिकारका लागि मिडियाको भूमिका सम्बाद कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले दलितलाई कानुनले दिएको अधिकार प्राप्तीको लागि मिडयाले भूमिका प्रभावकारी ढंगले खेलिदिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नेपालको पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले गतिमुखी र घटनाप्रधान भन्दा पनि वकालतमुखी पत्रकारती गरिनुपर्ने बताए । उनले निरन्तर वाकलत मिडियाले गरिदिए राज्यले कानुन निर्माणमा सहज हुने बताए ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले संघियता कार्यन्वयको चरणमा रहेकोले दलितको अधिकार स्थापित गराउन मिडियाले भुमिका खेलिनदिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५