डा.सुनिल सर्माद्वारा दुर्गम जिल्ला कालिकोटमा एम्बुलेन्स प्रदान

, कालिकोटलाई ६ करोडको सहयोग घोषणा
खबर पूर्वाञ्चल, ११ फाल्गुन २०७६, आईतवार १७:१२
3
Shares
कालिकोट / विराटनगर स्थित नोवेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् ।

समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको बिकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् ।

कालिकोट सदरमुकाम मान्ममा शनिबार आयोजित कार्यक्रममा स्थानीय पृथ्वी रक्तदान तथा विर फाउण्डेशनलाई एम्बुलेन्स प्रदान गरिएको हो । सो अवसरमा डा.शर्मा र उनकी श्रीमति एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले फाउण्डेशनका अध्यक्ष रमित मल्ललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे ।

कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजाने कालिकोटबासीको पीडादायी अवस्था देखेर एम्बुलेन्स प्रदान गरेको प्रतिक्रिया दिए । डा.शर्माले यसअघि मोरङको पथरीशनिश्चरे, ईटहरा र पाँचथरमा पनि निःशुल्क एम्बुलेन्स प्रदान गरिसकेका छन् ।

झापाको दमक स्थित दुम्सेमा जन्मिएर विराटनगरलाई कर्मक्षेत्र बनाएका डा.शर्माले २०४९ सालमा कालिकोटको पंचदेवल माध्यमिक बिद्यालयबाट एसएलसी उत्रिर्ण गरेका थिए । बिपन्न परिवारमा हुर्किएका शर्माले डाक्टर बन्ने सपना पुरा गर्न छात्रबृत्तिका लागि दुर्गम जिल्ला कालिकोट गएर पढेका हुन् । गोजीमा १ हजार ५ सय बोकेर कालिकोट पुगेका उनले एसएलसीमा तत्कालिन कर्णाली अञ्चल प्रथम बन्दै छात्रबृत्तिमा पढेर डाक्टर बनेका हुन ।

डा.शर्माद्वारा कालिकोटमा ६ करोडको सहयोग घोषणा
आफुले एसएलसी उत्रिर्ण गरेको जिल्ला कालिकोट २६ बर्षपछि पुगेका उनले त्यहाँ एम्बुलेन्स मात्र दिएनन् कालिकोटबासीलाई करोडौंको लाभ मिल्ने घोषणा पनि गरेका छन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकै क्रममा डा.शर्माले आगामी शैक्षिक सत्रमा कालिकोटका दुई जनालाई बीडीएस र पाँच जनालाई पारामेडिकल गरी ७ जनालाई निःशुल्क पढाउँने घोषणा गरेका छन् । डा.शर्माको घोषणा अनुसार ७ जनालाई पढाउँदा करिव ६० लाख खर्च लाग्छ ।

त्यस्तै एक सय जना बिरामीको गम्भीर प्रकृतिका अप्रेशन निःशुल्क गर्ने घोषणा गरे । यो अप्रेशनबापत झण्डै पाँच करोड खर्च हुन्छ । उनले आफु पढेको पंचदेवल माध्यमिक बिद्यालयका विपन्न बिद्यार्थीलाई छात्रबृत्तिका लागि एक लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । कालिकोटमा स्वास्थ्य उपचार र शिक्षाका लागि डा.शर्माले झण्डै ६ करोड बरावरको सहयोग गर्ने भएका हुन् ।

डा.शर्मालाई कालिकोटबासीको भव्य सम्मान

सो अवसरमा डा.शर्मा दम्पतीलाई कालिकोटबासीले भव्य सम्मान गरेका छन् । सम्मानका लागि गाउँ–गाउँबाट सयौंको संख्यामा सर्वसाधरणहरु भेला भएका थिए । उनीहरुले डा.शर्मा दम्पतीलाई फुलमाला लगाएर अभिनन्दन गरी पञ्चेवाजासहित बजारका बिभिन्न भागको परिक्रमा गराएका हुन् ।

कालिकोटलाई संझिएर ठूलो सहयोग पुर्याएको भन्दै कार्यक्रममा बोल्ने अधिकांस वक्ताले डा.शर्माको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५