पूर्वाञ्चल खबर

विराटनगरका पर्शुराम गिरीले राखेका स्टलको चिकेन रोलमा उपभोक्ताको अत्याधिक आकर्षण देखिएको थियो । विदेशतिर चिकेन सावरमा भनेर चिनिने चिकन रोलमा उपभोक्ताले धेरै रुचि देखाएपछि उत्साहित बनेका गिरीले विराटनगरमै होटल सञ्चालनको सोचसमेत बनाइसकेको बताए ।
विराटनगर–६ शुक्रपथ सेन्चुरी मल पछाडी आफ्नै भवनमा फागुनको अन्तिम सातादेखि अरवियन खाजा घर खोल्ने सोचमा रहेको गिरी दुवईको अमेरिकन नेमि क्याममा १२ बर्ष काम गरेर आफ्नै देशमा केही गरु भन्ने सोचमा अरवियन खाजा घर खौल्न लागेको बताए । राजधानी बाहेक अरवियन खाजा घर मोफसलमै पहिलो हुने गिरीले दावी गरे । चिकेन सावरमाका साथै काउली चनाबाट बनेको हमुस, काउली चनाबाटै बनेको फिलाफिललगायत अरवियन खार्जा बनाउँने गिरीले बताए । विराटनगर लगायत अन्य ठाउँबाट आएका खाजाका पारखीहरु यो नौलो स्वादमा रमाउँने उनको भनाई छ ।