विराटनगर । दुबै मृगौला फेल भएको उपचारकालागि विराटनगरका सामाजिक अभियान्ताहरुले पानी पुरी र चटपटे बेचेर रकम संकलन गरेका छन् ।
आर्थिक रुपले कमजोर रहेका रङगेलीका २२ वर्षिय नविण गिरीलाई बचाउन विराटनगरको समाजिक संस्था परिवर्तनका लागि हातेमालोका सरोज कोईराला र विनोद चाहरलगायतले विराटनगर आज सम्पनन भएको विराट एक्स्पो बाहिर चटपटे र पानीपुरी बेचेर रकम संकलन गर्न लागि रहेको देखिन्थ्यो ।
गिरीको उपचारमा झण्डै २० देखि २२ लाख खर्च हुने समाजिक अभियन्ता सरोज कोईरालाले जानकारी दिए । उनले चटपटे र पानीपुरी बेचेर उनको उपचारमा केही राहत मिल्ने विश्वास लिएका छन् । दुबै मृगौला फेल भएका गिरी हाल उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा थलिएका छन् ।
गिरीको ज्यान जोगाउन बचाउन विराटनगरको समाजिक संस्था परिवर्तनका लागि हातेमालोका सरोज कोईराला र विनोद चाहरलगायतले चटपटे र पानीपुरी बेचेर रकम संकलन गर्नतर्पm लागेका छन् ।
तपाईको प्रतिक्रिया