विराटनगर/ रानी युवा क्लब विराटनगरले नेवार समुदायको परम्परागत समे बज्जी भोज आयोजना गरेको छ ।
विराटनगर १५ स्थित क्लब परिसरमा आयोजना गरिएको भोजमा ३ सय ५० जना नेवार समुदायका सर्वसाधारण सहभागि भएका छन् ।
भोजका सहभागिलाई बाडा, छोइला, समेबज्जी ,एलासहित बोडी र सिध्रा लगायतका पारम्परिक परिकार खुवाइएको थियो । पारम्परिक समे बज्जी भोजलाई जोगाउने उद्देश्यसहित विगत ४ बर्षदेखि कार्यक्रम आयोजना गर्ने गरिएको आयोजक समितिका अध्यक्ष उदय डंगोलले जानकारी दिए । असोज महिनामा मनाईने इन्द्र जात्राको अवसरमा उपत्यकामा बस्ने नेवार समुदायमा समेबज्जी भोज आयोजनागर्ने प्रचलन रहेको छ ।
विराटनगरमा भने सबैको अनुकुल हुनेगरि तथा भोजको अस्तित्व संरक्षण गर्ने उद्देश्यसहित भोज आयोजना गर्नेगरिएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रम अघि संस्थाका संस्थापक अध्यक्ष स्वर्गिय लिलामान सिंहको तस्वीरमा माल्यार्पण गरिएको थियो । यसैगरि सुर्दशन,कपिला ट्रस्टका अध्यक्ष सुर्दशनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष उदय डंगोलले दोसल्ला र फुलमालासहित सम्मान गरे । रानी क्षेत्रमा ५ सय घर बढी नेवार समुदायका परिवारको बसोबास रहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया