RUMPUM
animated ellipse animated ellipse

नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७६, शनिबार २०:३०
3
Shares

काठमाण्डौं/ सामाजिक विषय बस्तुमा निमार्ण हुन लागेको नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक भएको छ ।

नेपाली समाजको बास्तविक जनजिविकालाई ”तक्दिर ” चलचित्रमा समावेश गरिने चलचित्र ”तक्दिर ”का निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

कला राईको प्रस्तुतीमा निमार्ण हुने चलचित्रको आज काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो । चलचित्रमा राजेन्द्र बजगाइ र पुरुषोत्तम न्यौपानेको संगीत , नित्याशिवा, पुरुषोत्तम र राजेन्द्रको आवाज रहने भएको छ ।

देव महर्जनको द्वन्द ,राजन महर्जनको नृत्य र छायांकनमा यसै चलचित्रबाट कृष्ण पाण्डेले प्रवेश गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर