पूर्वाञ्चल खबर
सोलुखुम्ब / प्रदेश १ स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरी विजयी भइ फाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी प्रदेश १ को आयोजनामा आज सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा भएको प्रतियोगितामा सोलुखुम्बु र सुनसरी फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको आज भएको पहिलो सेमिफाइनल खेलमा सोलुखुम्बु र झापा बिच रोमाञ्चक प्रतिस्पर्धा भयो । पाँच सेटबाट खेलको छिनोफानो भएको थियो । सोलुखुम्बुले झापालाई २५–२०, २३–२५, २४–२६,२५–२२, १५–११ सेटले पराजित गरि सोलुखुम्बु फाइनलमा प्रवेश गरेको हो ।
यता सुनसरीले भोजपुरलाई २५–१६, २५–१९, २५–१६ को सोझो सेटले पराजित गरि सुनसरी फाइनलमा प्रवेश गरेको मदन भण्डारी स्पोटर््स एकाडेमीका अध्यक्ष सागर थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, द्धितीयेलाई १ लाख, तृतीयलाई ५० हजार र चौथो हुने समूहलाई २५ हजार नगद सहित मेडल प्रदान गरिनेछ । प्रतियोगिताको फाइनलको प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले विजेता खेलाडीहरूलाई ट्रफि तथा प्रमाणपत्र वितरण गर्ने बताइएको छ ।