सुनका गरगहना चोरी गर्ने गहना सहित पक्राउ

खबर पूर्वाञ्चल, ९ फाल्गुन २०७६, शुक्रबार २०:१०

विराटनगर / सुनका गरगहना चोरी गर्ने गहना सहित एक पक्राउ परेका छन् ।

कञ्चनपुर बेदकोट नगरपालिका–७, गाउजी घर भई विराटनगर बसेर राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालयमा सेक्युरिटी गार्डको रूपमा कार्यरत गर्ने ३३ वर्षीय शेरसिंह दर्लामी मगरलाई चारेको सुनका गरगहना सहित प्रहरलिे पक्राउ गरेको हो ।

मगरले राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ कार्यालयको माथिल्लो तलामा बस्ने बसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चारेक थिए । मगरले मंगलशुत्रसहितको प्याण्डल–१, तिलहरी–१ , औठी–२, वाला–२,कानमा लगाउने झुम्का–१ चोरी गरी लगेकोमा गरगहना मध्येबाट मंगलसुत्र,औठी र तिलहरीसमेत उनको घरबाट बरामद मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५