महाशिवरात्रीको अवसरमा स्वास्थ्य शिविर

खबर पूर्वाञ्चल, ८ फाल्गुन २०७६, बिहीबार १७:१३

केशव न्यौपाने
रगेली / महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक मोरङले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरका प्रमुख अतिथि प्रितना उपरथि अनन्तबहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एनबहादुर ढकाल , सुर्य दल गण थहलाका प्रमुख सेनानी रधुनाथ पौडेल, धनपालथान गाउँ पालिकाका अध्यक्ष हरिलाल सिंह , ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दहाल, वडा अध्यक्ष लगायतको उपस्थिति समेत रहेको सिविरमा १ हजार ५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

सिविरमा स्त्रीरोग ,नाक कान घाँटी,बाल रोग हाडजोर्नी तथा जनरल मेडिकल, उपचारलगायतकोे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा कोशी अञ्चल अस्पताल विराटनगर ,लायन्स क्लव ,न्युरो अस्पताल, विराट आँखा अस्पताललगायत १४ बटा अस्पतालको सहयोगमा स्वास्थ्य शिविर गरिएको थियोे । सिविरमा विरामिलाई निःशुल्क औषधि समेत वितरण समेत गरेका थिए ।

धनपालथान गाउँ पालिका बडा नम्बर ३ मा रहेको शिव शक्ति माध्यमिक बिधालयमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरसंगै बिपत ब्यवस्थापन गण सुन्दरी जल बाट आएको टोलीले गाउँ घरका सबै घरहरूमा ग्यास चुलो भएता पनि त त्यसबाट कुनै समयमा ठूलो अप्रिय घटना हुने भएको हुनाले यसबाट कसरी बच्ने भन्ने बारेमा समेत अभ्यास समेत गरेर देखाएका थिए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५