नेका क्रियाशिल सदस्य ब्रह्मदेव यादवको निधन

खबर पूर्वाञ्चल, ७ फाल्गुन २०७६, बुधबार २०:०२

विराटनगर / मोरङको जहदा गाउँपालिका–४ वस्ने ७५ वर्षिय नेपाली काङ्ग्रेस क्रियाशिल सदस्य ब्रह्मदेव यादवको आज निधन भएको छ ।

प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि सदैव अगाडि रहेका स्व. यादव लामो समयदेखि अस्वस्थताका कारण आफ्नो निवासमा निधन भएको हो ।

नेपाली काङग्रेस मोरङ जिल्ला सदस्य नवराज पाण्डे,महासमिति सदस्य जवाहरलाल मण्डल, स्वतन्त्र सेनानी सङ्घका जिल्ला सभमापति मोहनलाल महतो, तरुण दल क्षेत्र नं १ का सभापति दिलिप सिंह , वुद्धिलाल राजवंशी, प्रेमनारायण राजवंशी लगायतले स्व. यादवको पार्थीव शरीरमा नेकाको झण्डा ओढाएका थिए ।

स्व. यादवको आजै हिन्दू परम्परा अनुसार लोहन्द्रा खोलामा दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।स्व. यादवको श्रीमती र चार छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५