प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरूष भलिबल कप प्रतियोगिता शुरु

खबर पूर्वाञ्चल, ६ फाल्गुन २०७६, मंगलवार २१:३७

विराटनगर /१ नम्बर प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरूष भलिबल कप प्रतियोगिता शुरु भएको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमी १ नम्बर प्रदेश कमिटीको आयोजनामा सोलुखुम्बुमा उक्त प्रतियोगिता मंगलबारदेखि सुरू भएको हो ।

लिगको आधारमा भएको पहिलो दिनको खेलमा ६ वटा टिमले विजयी भयो । प्रतियोगितामा मंगलबार भएको खेलमा मोरङ, ओखलढुंगा, झापा, सुनसरी, सोलुखुम्बु र धनकुटा विजयी भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा सोलुखुम्बुले भोजपुरलाई २५ — १७ र २५ — २० को सोझो सेटमा पराजित ग¥यो । सोही दिन भएको दोस्रो खेलमा मोरङले खोटाङलाई २५ — १४, १२ — २५ र २५ — २० पराजित भयो । ओखलढुंगाले तेह्रथुमलाई २५ — १८ र २५ — २३ मा पराजित भयो । यस्तै झापाले धनकुटालाई २५ — २० र २६ — २४ को सोझो सेटले हरायो ।

पाँचथरले सुनसरीसँग २५ — १९ र २५ — २२ ले पराजित भयो । यस्तै धनकुटाले इलामलाई २१ — २५, २५ — १९ र २५ — १७ सेटले हरायो । यस्तै ओखलढुंगाले खोटाङलाई २५ — १८ र २५ — १४ मा पराजित भयो । मोरङ र तेह्रथुम बीचको प्रतिस्पर्धात्मक खेलमा तेह्रथुमले १९ — २५, २५ — २१ र २५ — १५ ले विजयी भयो ।

सोलुखुम्बु सदरमुकामस्थित योङ्ग स्टार क्लवमा जारी प्रतियोगिता फागुन १० गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपबिजेताले १ लाख प्राप्त गर्नेछ ।

उक्त प्रतियोगिताको उद्घाटन नेकपा प्रदेशसभाका संसदिय दलका प्रमुख सचेतक बुद्धिराज भण्डारीले गरे ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५