RUMPUM
animated ellipse animated ellipse

कमल खत्रीको गितमा झुमे विराट एक्स्पोमा दर्शक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ फाल्गुन २०७६, सोमबार २१:२७
3
Shares
विराट एक्स्पोमा गित गाउँदै कमल खत्री । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / विराट एक्स्पोमा सहभागि दर्शकहरु चर्चित गायक कमल खत्रीको गितमा झुमेका छन् । प्रदेश १ को राजधानी विराटनगर– २ शंकरपुर मार्गमा भएका विराट एक्स्पोमा सहभागिरुलाई गायक खत्रीले मनोरञ्ज दिए ।

गायक खत्रीले एक्स्पोमा कोरेर पे्रम पत्र, पहिलो माया, आत्मामा, बोल्दैन त्यो तिम्रो तस्वीरलगायतका १ दर्जन गित गायर सहभागि दर्शकहरुलाई आफ्नो प्रस्तुतीमा तान्न सफल भएका थिए ।

राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोरञ्जन दिँदै आएको एक्स्पोमा मंगलबार सुगम पोखरेलले मनोरञ्जन दिने छन् ।

मेलामा आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजक उद्योग संगठन मोरङले कलाकार ल्याएपछि अहिले दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोञ्जन लिदै आएका हुन् । दर्शक स्रोताको ढुकढुकमी बस्न सफल भएका कलाकार एक्स्पोमा ल्याएपछि ग्राहकहरूले सामान मात्र खरिद गरेर जादैनन मनोञ्जन समेत लिएर जाने गरेका छन् ।

मगलबार गायक कमल खत्री र शुक्रबार इन्दिरा जोशीले आफ्नो लोकप्रिय गीतले मनोरञ्जन प्रदान गर्ने कार्यक्रममा उद्घोष गरिरहेकी अनुपमा बासतोलाले जानकारी राईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर